२०८३ असार ५ गते , शुक्रबार

झापामा फलामको गेटले किचेर बालकको मृत्यु

sajilo news
झापा
२०८१ कार्तिक २ गते , शुक्रबार
झापामा फलामको गेटले किचेर बालकको मृत्यु

झापाको अर्जुनधारामा फलामको गेटले किचेर एक बालकको मृत्यु भएको छ । गएराति ८ बजे अर्जुनधारा – ६ बस्ने सवनम मस्कराका छोरा २ वर्षीय शिवम् मस्कराको फलामको गेटले किचेर मृत्यु भएको हो ।

आमा श्रेया अग्रवालसँग सोही ठाउँमा रहेको मामाघर ऋषि अग्रवालकोमा पाहुना आई फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर बालकलाई किचेको थियो । घाइते बालकलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज बिहान ६:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार