२०८३ असार ५ गते , शुक्रबार

भारतकाे केरलामा रहेका इलामका मनकुमारको सर्पले डसेर मृत्यु

sajilo news
रासस
२०८१ कार्तिक १ गते , विहीबार
भारतकाे केरलामा रहेका इलामका मनकुमारको सर्पले डसेर मृत्यु

इलाम । सूर्योदय १४, भुतेनी टोलका २९ वर्षे मनकुमार योङहाङको भारत केरलामा मृत्यु भएको छ। 

रोजगारीका लागि तीन वर्षयता केरलामा रहेका योङहाङलाई सोमबार बिहान ४ बजेतिर नेपियर रोपिएको ठाउँमा गाईको गोबर फ्याँक्ने क्रममा विषालु सर्पले डसेको थियो। 

उपचार क्रममा हिजो साँझ मनकुमारको मृत्यु भएको उनका काका इन्द्र सुब्बाले जानकारी दिए। 

योङहाङका बुबा पनि रोजगारीक्रममा केरलामै छन्। मनकुमारको शव नेपाल ल्याउने प्रक्रिया रहेको इन्द्रको भनाइ छ। मनकुमारका पत्नी र छोरी छन्।

सम्बन्धित समाचार