२०८३ असार ५ गते , शुक्रबार

आज बाह्रदशीकाे फुलबारीमा दशैं मेला, स्थानीय बिदा

sajilo news
झापा
२०८१ कार्तिक १ गते , विहीबार
आज बाह्रदशीकाे फुलबारीमा दशैं मेला, स्थानीय बिदा

झापा । झापाकाे बाह्रदशी गाउँपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । 

गाउँपालिकाको असाेज ३० गतेको निर्णयानुसार कार्तिक १ गते बिहिबार कोजाग्रत पूर्णिमा परेको र  बाह्रदशीकाे फलबारी बजारमा हरेक वर्ष झै यस पनि परम्परागत रुपमा लाग्ने वृहत दशैं मेलाकाे  अवसरमा स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

आज कार्यालय र मातहतका शाखा, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरु बन्द रहने गाउँपालिकाकाे सूचनामा उल्लेख  छ ।

सम्बन्धित समाचार