२०८३ असार ५ गते , शुक्रबार
जंगली हात्तीले भत्कायाे झापामा बोर्डिङ स्कुलको भवन
जंगली हात्तीको बथानले झापाको बुद्धशान्ति गाउँपालिका २ स्थित जयपुर बोर्डिङ स्कुलको भवन भत्काएको छ।
गएराति चार–पाँच वटा जंगली हात्तीले विद्यालय भवन भत्काएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्।
राति करिब ९ बजेतिर आएका जंगली हात्तीले विद्यालय भवनमा क्षति पुर्याएका हुन्। हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काएको भण्डारीले बताए ।