२०८३ असार ५ गते , शुक्रबार

इलाममा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

sajilo news
इलाम
२०८१ आश्विन २९ गते , मंगलबार
इलाममा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

इलामको चुलाचुलीमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर घरनजिकै रहेको धान खेतमा आएको हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट चुलाचुली–१ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

जङ्गली हात्तीले आक्रमण गरी गम्भीर घाइते भएका राईलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको र उनको उपचारका क्रममा राति १०:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार