२०८३ असार ५ गते , शुक्रबार

झापाका सडकबाट १० जना मानवको उद्धार

sajilo news
झापा
२०८१ आश्विन २९ गते , मंगलबार
झापाका सडकबाट १० जना मानवको उद्धार

झापाका सडकबाट १० जना मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको अभियानमा उद्धार टोलीले ९ पुरुष र १ महिलासहित १० जना सहयोगापेक्षी मानवको उद्धार गरेको हो । उद्धार यात्रामा खटिएका टोलीले मेचीनगरदेखि शिवसताक्षीका सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा बसिरहेका मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २ जना, कनकाई नगरपालिकाबाट २ जना र शिवसताक्षी नगरपालिकाबाट २ जनाको उद्धार गरिएको जनाइएको छ । उद्धार गरिएका सडक आश्रित मानवहरूको मानव सेवा आश्रम झापाको बाहुनडाँगी सेवा केन्द्रमा गृह प्रवेश गराइएको छ । 

सम्बन्धित समाचार