२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरको होटेलमा ब्राउन सुगर बिक्री गर्दागर्दै भारतीय बुबा–छोरा पक्राउ

sajilo news
झापा
२०८१ आश्विन २९ गते , मंगलबार
भद्रपुरको होटेलमा ब्राउन सुगर बिक्री गर्दागर्दै भारतीय बुबा–छोरा पक्राउ

भद्रपुरको होटेल ब्राउन सुगर बिक्री गर्दागर्दै लागू औषध ब्राउन सुगरसहित भारतीय बुबा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पञ्चायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई  विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले सोमबार दिउँसो साढे १ बजे भद्रपुर- ५ बसपार्कस्थित न्यु बान्तवा होटेलबाट ५८ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

होटेलमा लागू औषधको कारोबार भइरहेको थाहा पाएपछि प्रहरी टोली होटेलमै पुगेर बुबा छोराको शरीर तलासी गर्दा ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार