२०८३ असार ५ गते , शुक्रबार

झापामा फेरि सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु, एकै दिन मृतककाे संख्या चार पुग्यो

sajilo news
पार्थ मण्डल
२०८१ आश्विन २७ गते , आईतबार
झापामा फेरि सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु, एकै दिन मृतककाे  संख्या चार पुग्यो

झापा । झापामा फेरि सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे । याेसँगै दुर्घटनामा परी जिल्लामा एकै दिन चार जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक नगरपालिका-२ ढुकुरपानीस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार सोही ठाउँका ७६ वर्षीय जयराम गुरागाईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

शनिबार साँझ ५.५० बजे ढुकुरपानीबाट हिमालय मावितर्फ जाँदै गरेकाे प्रदेश १–०२–४१ प १७४७ नम्बरकाे मोटरसाइकलले साइकल यात्री  गुरागाईलाई ठक्कर दिएको थियो । घाइते गुरागाईलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । उनको आइतबार साँझ साढे ६ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक दमक नगरपालिका– ६ का २७ वर्षीय किस्मत श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । 

पूर्व-पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा गएराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बु र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बुकाे मृत्यु भएकाे थियोे । त्यस्तै पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित इटाभट्टामा आइतबार बिहान साढे ७ बजे धुलाबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको  प्र-०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्रीलाई ठक्कर दिदाँ सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीकाे मृत्यु भएकाे थियोे ।

सम्बन्धित समाचार