२०८३ असार ५ गते , शुक्रबार

सन्थाल नृत्य देखाउने बिर्तामोडका ऋषिदेवको मृत्यु

sajilo news
झापा
२०८१ आश्विन २७ गते , आईतबार
सन्थाल नृत्य देखाउने बिर्तामोडका ऋषिदेवको मृत्यु

सन्थाल नृत्य देखाएर घरघरमा माग्दै गर्दा बिर्तामोड– १० स्थित मुसहर बस्तीका सिताराम ऋषिदेवको मृत्यु भएको छ ।

हिजो साँझ विजयादशमीका दिन ५३ वर्षीय ऋषिदेवको मृत्यु भएको हो । शुक्रबार बिहानै घर छाडेका उनले मादक पदार्थ सेवन गरी मातेकै अवस्थामा नाच्दै घरघरमा माग्दै हिडिरहेका थिए ।

सितारामलाई शनिबार बिहान ६ बजे मनकामना मन्दिर विराट पोखरमा लडिरहेको देखेर स्थानीयले परिवारलाई खबर गरेका थिए । प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएका छन् ।

सम्बन्धित समाचार