२०८३ असार ५ गते , शुक्रबार

बडादशैंको टीका र जमरा लगाउने क्रम आज पनि जारी

sajilo news
झापा
२०८१ आश्विन २७ गते , आईतबार
बडादशैंको टीका र जमरा लगाउने क्रम आज पनि जारी

मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम आज पनि जारी रहेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज एकादशीमा पनि जारी छ।मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।

आज एकादशीको ब्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। एकादशीका दिन आज झापा गरामनीको ऐतिहासिक एवं धार्मिक स्थल गरामनीको दुर्गा मन्दिरमा मेला लाग्ने भएको छ ।

सम्बन्धित समाचार