२०८३ असार ५ गते , शुक्रबार

दुर्गाको मूर्ति सेलाउन गएका किशोरको डुबेर मृत्यु

sajilo news
झापा
२०८१ आश्विन २६ गते , शनिबार
दुर्गाको मूर्ति सेलाउन गएका किशोरको डुबेर मृत्यु

पर्सामा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा गण्डक नहरमा डुबेर आज एक किशोरको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुकको मृत्यु भएको हो।

आज दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरुसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो। नहरमा डुबेका अजितलाई संगै रहेका साथीहरुले उद्धार गरेर नहर बाहिर निकालेपनि उनको मृत्यु भइसकेको थियो।

सम्बन्धित समाचार