२०८३ बैशाख २४ गते , विहीबार

युवतीमाथि खुकुरी प्रहार

sajilo news
झापा
२०८१ आश्विन २६ गते , शनिबार
युवतीमाथि खुकुरी प्रहार

खोटाङमा एक युवकले युवतीमाथि खुकुरी प्रहार गरेका छन् । हिजो साँझ ७ बजे खोटाङ साकेला गाउँपालिका–३ बोपुङ बस्ने १६ वर्षीया झर्ना राईलाई सोही ठाउँ बस्ने २७ वर्षीय रबिन राईले खुकुरी प्रकार गरेका हुन् । खुकुरी प्रहारबाट झर्नाको देब्रे हातको नाडीमा चोट लागेको छ । घरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ ।

खुकुरी प्रहार गर्ने रबिनलाई खुकुरीसहित इलाका प्रहरी कार्यालय मातिमबिर्ताले नियन्त्रणमा लिएको छ । रविनले झर्नालाई खुकुरी प्रहार गर्नुपर्ने कारण खुलिसकेको छैन ।

सम्बन्धित समाचार