२०८३ असार ५ गते , शुक्रबार

बीपी राजमार्ग फेरि बन्द, सुख्खा पहिरोले सुमो र बसमा क्षति

sajilo news
झापा
२०८१ आश्विन २५ गते , शुक्रबार
बीपी राजमार्ग फेरि बन्द, सुख्खा पहिरोले सुमो र बसमा क्षति

बीपी राजमार्गमा सुख्खा पहिरो जाँदा सुमोमा क्षति पुगेको छ। बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड‍ आज बिहानबाट सुचारु भएको थियो। पहिरो गएपछि अस्थायी ड्राइभर्सन फेरि बन्द भएको छ। पहिरोले सुमो र बसमा क्षति पुगेको हो।

सवारीसाधन सुचारु भइरहेको समयमा बीपी राजमार्गको रोशी गाउँपालिका-११ बुलढुङ्गामा सुख्ख पहिरो जाँदा सुमो र बसमा क्षति पुगेको राज मैनालीले जानकारी दिए। उनका अनुसार मानवीय क्षति भएको छैन। पहिरो पन्छाउन गएको जेसिबी मेसिन पनि भर्खरै पल्टिएको छ।

सम्बन्धित समाचार