२०८३ असार ५ गते , शुक्रबार
सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो १ बजे भोक्राहा नरसिंह गाउँपालिका– ८ भोक्राहा बस्ने ५६ वर्षीय मुस्तुफ अन्सारीको सोही स्थानको पोखरीमा डुबेर मृत्यु भएको हो । स्थानीयले प्रहरीलाई खबर गरेपश्चात् नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयले अन्सारीलाई मृत अवस्थामा पोखरीबाट बाहिर निकालेका थिए ।
उनको शवलाई आफन्तको रोहवरमा कानुनी कारबाही पुरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरी लगिएको प्रहरीले जनाएको छ ।