२०८३ बैशाख २४ गते , विहीबार

झापाको हल्दिवारी सुनचाँदी र नगद चोरी

sajilo news
झापा
२०८१ आश्विन २३ गते , बुधबार
झापाको हल्दिवारी सुनचाँदी र नगद चोरी

झापाको हल्दिवारी गाउँपालिका ४ स्थित झडकन खोला उत्तरको बस्तीमा बसोबास गर्ने तारा तामाङको घरमा आज बिहान सुनचाँदी र नगद चोरी भएको छ ।

अन्दाजी बिहानको ४ः३० बजेको समयमा छोरी घरमा सुतिरहेको अवस्थामा घरमै छाडी मासु किन्न भनी बिर्तामोड गएको बेलामा घरमा चोरी भएको पीडित ताराले बताइन ।

घटनाको खबर पाउनसाथ जलथल प्रहरी चौकीबाट प्रहरी टोली ताराको घर पुगेको थियो । ताराको घरबाट १ तोला सुन, ७ तोला चाँदी , नगद १८ हजारसहित उनको स्व।श्रीमानको नाममा रहेको जग्गा धनी पुर्जा र नागरिकता र मृत्यु दर्ता पनि चोरी भएको उनले बताइन् । चोरी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार