२०८३ असार ५ गते , शुक्रबार

भद्रपुरका एकल तथा ज्येष्ठ महिलालाई साडी र गम्छा वितरण

sajilo news
झापा
२०८१ आश्विन २२ गते , मंगलबार
भद्रपुरका एकल तथा ज्येष्ठ महिलालाई साडी र गम्छा वितरण

भद्रपुर । भद्रपुर ६ नम्बर वडा कार्यालयले बडादसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा वडा कार्यालयले दुई सय महिलालाई खाजा नास्तासहित साडी र गम्छा वितर‌ण गरेको छ। वडा कार्यालयले विभिन्न दाताबाट सहयोग जुटाई वडा भित्रका विपन्न एकल तथा ज्येष्ठ महिला ती सामग्री वितर‌ण गरेको हो । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र ६ नम्बर वडाअध्यक्ष रतिया राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगदाताहरूप्रति आभार प्रकट गरिएको थियो  ।

सहयोग गर्ने दाताहरूमा अजय कुमार साहेवाला, यमबहादुर श्रेष्ठ, विनय गोयल, टीकाराज ढकाल, गोपाल साहेवाला, मुकेश मित्रुका, समनसिंह राजवंशी, उत्तम राजवंशी, राजेन्द्र चापागाईँ, गोविन्द अग्रवाल, चण्डी पराजुली, दीपेश ढकाल, शीला खड्का, मोहित शर्मा, नरेन्द्र बराल, भक्ति अधिकारी, जेष्ठमल ठाकुर, वीरसिंह राजवंशी, अदिती राजवंशी, मेर्या राजवंशी र प्रदीपमणि रेग्मी रहेको जानकारी दिए ।  कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेल, दाता टीकाराज ढकाल र अजय साहेवालालगायतले मन्तव्य राखेको थियो भने कार्यपालिका सदस्य सन्ध्या हाडाले स्वागत मन्तव्य र वडा सदस्य प्रकाश शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार