२०८३ असार ५ गते , शुक्रबार

रङ्गेली दुर्घटनामा परी पैदल यात्रीको मृत्यु

sajilo news
मोरङ
२०८१ आश्विन २२ गते , मंगलबार
रङ्गेली दुर्घटनामा परी पैदल यात्रीको मृत्यु

ट्याक्टरको ठक्करपछि अनियन्त्रित बनेको मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजे मोरङको रङ्गेली– १ स्थित भित्री सडक खण्डमा प्रदेश १–०४–००१ त १००४ नम्बरको ट्याक्टरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्याक्टरले ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकलले पैदल यात्री धनपालथान गाउँपालिका-६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । घाइते माझीको उपचारका क्रममा विराटनगरको गोल्ड अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक धनपालथान–१ का ४५ वर्षीय रामबहादुर माझी थारु र पछाडि सवार उनकै पत्नी अन्दाजी ३६ वर्षीया मंगली चौधरी घाइते भएका छन् । दुवै जनाको घाइते गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालक धनपालथान–४ का २० वर्षीय रविन मण्डललाई रङ्गेली प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार