२०८३ बैशाख २४ गते , विहीबार

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित दुई जना मेची पुलमा समातिए

sajilo news
झापा
२०८१ आश्विन २१ गते , सोमबार
सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित दुई जना मेची पुलमा समातिए

मेचीनगर ।  सशस्त्र प्रहरीले सीमा नाकामा लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मेचीनगर– ६ स्थित मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र लागू औषध अनुसन्धान ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले आज दिउँसो ४.१० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धनुषा मिथिला– ९ बस्ने २८ वर्षीय श्यामबहादुर लोप्चनलाई लागू औषधसहित पक्राउ गरेको हो । उनले मलद्वारमा लुकाई ल्याएको ३५ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

त्यस्तै आज बिहान १०.२० बजे मेची पुलमै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बुद्धशान्ति– ३ बस्ने २३ वर्षीय रोजन राजवंशीलाई लागू औषधसहित पक्राउ गरिएको छ । शङ्का लागेर चेकजाँच गर्दा उनले पनि मलद्वारमा लुकाई ल्याएको १ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पनि पक्राउ गरी आवश्यक कारबाहीको लागि इप्रका काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्टले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार