२०८३ असार ५ गते , शुक्रबार

मेचीनगरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ आश्विन २० गते , आईतबार
मेचीनगरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

झापाको मेचीनगरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु भएको छ । आज बिहान १० बजे मेचीनगर नगरपालिका वडा नम्बर –८ सेन्टर टोल बस्ने ३८ वर्षीय रामकुमार गिरीले स्थानीय राजपैनीमा विद्युतीय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइते गिरीलाई आफन्तले बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराइरहेकोमा उपचारको क्रममा दिउँसो १२ः२३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन् ।

सम्बन्धित समाचार