२०८३ असार ५ गते , शुक्रबार

पहिरो खसेपछि फेरि मेची राजमार्ग अवरुद्ध

sajilo news
इलाम
२०८१ आश्विन २० गते , आईतबार
पहिरो खसेपछि फेरि मेची राजमार्ग अवरुद्ध

पहिरोले क्षतिग्रस्त भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मत सम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मत सम्भारको काम हिजो साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगित गरिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ ।

सम्बन्धित समाचार