२०८३ बैशाख २४ गते , विहीबार
ब्राउन सुगरसहित झापा गाउँपालिकाका यादव पक्राउ
सशस्त्र प्रहरीले लागूऔषध ब्राउन सुगरसहित सीमावर्ती झापा गाउँपालिकाबाट एक युवकलाई पक्राउ गरेको छ । गएराति ९.२० बजे झापा गाउँपालिका-१ लसुनगंज सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१६प ५४७२ नम्बरको मोटरसाइकलमा सवार स्थानीय ३१ वर्षीय कौशलकुमार यादवलाई शंका लागेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा मोटरसाइकलको डिकीभित्र लुकाई छुपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक १३ ग्राम १८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ ।