२०८३ असार ५ गते , शुक्रबार

माइत हिँडेकी महिला मृत भेटिइन्

sajilo news
झापा
२०८१ आश्विन १९ गते , शनिबार
माइत हिँडेकी महिला मृत भेटिइन्

पाँचथरको फालेलुङ गाउँपालिका–७ की ५५ वर्षीया देवीमाया रिमाल (तामाङ) मृत भेटिएकी छन् । असोज १२ गते घरबाट फिदिम–१२ मा रहेको माइती घर जान्छु भनेर हिँडेकी तामाङको शव हिजो साँझ फिदिम–१२ नांगीनको भोटे गाउँ नजिकैको भित्री सडकमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनको शव बाटो छेउमा लडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको छ ।

सम्बन्धित समाचार