२०८३ असार ५ गते , शुक्रबार

झापामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

sajilo news
झापा
२०८१ आश्विन १८ गते , शुक्रबार
झापामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

झापाको शिवसताक्षीस्थित दुधे–शिवगञ्ज सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ शिवसताक्षी-११ की ७५ वर्षीया विष्णुमाया विष्टलाई प्रदेश १–०३–० ०१ प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी विष्टलाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो। उनको उपचारका क्रममा आज बिहान १०ः३० बजे मृत्यु भएको मृतकका भतिजा दाताराम विष्टले बताए ।

दुर्घटनामा संलग्न मोटरसाइकल र सोका चालक गौरीगञ्जका प्रेमकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार