क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु
मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर सोही ठाउँका तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं रहेका छन् ।
मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ । नाबालकहरू क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको विषयमा प्रहरीले बिहीबार दिउँसो ३ः४० बजेतिर सूचना पाएको थियो ।
पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । सो ठाउँबाट मिक्सगिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन् । उक्त क्रसरमा केराबारी गाउँपालिका पूर्व अध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको छ ।