कतारमा झापाका दर्जीको मृत्यु

कतार स्थित ग्रान्ड एक्सप्रेस डब्लु एल एल कम्पनीमा कार्यरत झापाको बाह्रदशी- २ का हेम कुमार दर्जीको मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि करिब दस महिना अघि काठमाडौँको पेसिफिक ह्युमन रिसोर्स प्राइभेट लिमिटेड मार्फत कतार पुगेका झापा बाह्रदशी २ स्थित जनता चोक
घर भएका टङ्क बहादुर दर्जीका छोरा वर्ष २७ का दर्जीको नेपाली समय अनुसार असोज १५ गते मंगलबार साँझ ८ बजे कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
दर्जी २०२४ को जनवरी १२ तारिख देखी सोही कम्पनीमा कार्यरत थिए। पारिवारिक स्रोतका अनुसार नेपालमा रहेको मेन पावर कम्पनी स्थानीय जनप्रतिनिधि लगायतको पहलमा कतारमा रहेको निजले काम गरेको कम्पनीसँग समन्वय गरी पोस्टमार्टम पश्चात् कम्पनीले शवलाई नेपाल पठाउने र पोस्टमार्टम भएको २/४ दिन भित्रै शवलाई नेपाल ल्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ ।