२०८३ असार ४ गते , विहीबार
फिदिममा आगलागी, जलेर दिदी-भाई घाइते
पाँचथरको फिदिममा आगलागीमा परी दुईजना बालबालिका घाइते भएका छन् । मंगलबार बिहान ९ बजे फिदिम– ४ थापाटार बस्ने देवीप्रसाद पौडेलका १३ वर्षीया छोरी सोनिया पौडेल र ११ वर्षीय छोरा बादल पौडेल जलेर घाइते भएका हुन् ।
दुई जना दिदीभाइले घरमा मैनबत्ती बालेर खेलिरहेकोमा बुबा देवीप्रसादले ट्याम्पोमा पेट्रोल हाल्ने क्रममा एक्कासि आगो लागेपछि दुवै जनालाई आगोले पोलेको थियो । उनीहरूलाई पाँचथर जिल्ला अस्पतालमा उपचार गरी थप उपचारको लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ । दुवै बालबालिकाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।