२०८३ असार ४ गते , विहीबार

भद्रपुरका १० जना ज्येष्ठ नागरिकलाई सम्मान

sajilo news
रेवतीराज घिमिरे
२०८१ आश्विन १५ गते , मंगलबार
भद्रपुरका १० जना ज्येष्ठ नागरिकलाई सम्मान

भद्रपुरमा १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक संघ भद्रपुर नगर कमिटीले ३४ औ ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा भद्रपुर नगरपालिकाभित्रका १० वटै वडाबाट १– १ जनाका दरले १० जना ज्येष्ठहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा ७० वर्ष माथिका दिलबहादुर थेबे,लालबहादुर श्रेष्ठ ,भागिरथ प्रधान,कर्णबहादुर राई,रमेशचन्द्र झा ,घोगो राजवंशी ,खगेन्द्र लम्साल ,मोहनबहादुर ढुङ्गाना, विष्णुप्रसाद शिवाकोटी र मोहन कुमाईं पाण्डे रहेका छन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, ज्येष्ठ नागरिक संघका अध्यक्ष हेमप्रसाद खनाल, सचिव ईश्वरीप्रसाद पोखरेललगायतले नगद र सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेल,उपप्रमुख राधा कार्की ,सम्मानितबाट विष्णुप्रसाद शिवाकोटीलगायतले मन्तव्य राखेका थिए । अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ईश्वरीप्रसाद पोखरेल र स्वागत मन्तव्य उपाध्यक्ष परमानन्द मिश्रले गरेका थिए ।

सम्बन्धित समाचार