सरकारी कार्यालयहरुसँग भद्रपुर नगरपालिकाको छलफल, विकास निर्माणको कार्यमा समन्वय गर्न नगर प्रमुखको आग्रह
भद्रपुर । विकास निर्माणको कार्यमा समन्वय गर्न संघ तथा प्रदेश मातहतका सरकारी कार्यालयहरूलाई भद्रपुर नगर प्रमुख गणेश पोखरेलले आग्रह गरेका छन् । नगरपालिकाले संघ र प्रदेशबाट भद्रपुर नगर क्षेत्रमा सञ्चालन हुने योजना तथा कार्यक्रमहरूको सन्दर्भमा सदरमुकामका कार्यालय प्रमुख तथा कर्मचारीहरूसँग सोमबार गरेको समन्वयात्मक छलफलमा नगर प्रमुख पोखरेलले आग्रह यस्तो आग्रह गरेका हुन ।
नगरपालिका भित्र भएका विकास निर्माण लगायत कतिपय कामहरू नागरिकसँग प्रत्यक्ष सरोकार हुने र त्यसको जवाफ नगर प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरुले दिनुपर्ने भएको हुँदा नगरपालिका सँग समन्वय गरेर कार्य गरे विश्वासिलो र उत्तरदायी हुने पोखरेलको भनाई छ ।
कार्यक्रममा विद्युत्, सडक, खानेपानी जस्ता अत्यावश्यक कुराहरूमा समन्वय नगरी कार्य गर्दा काम समयमा पुरा नहुने, एउटा काम गर्दा अर्को काम बिग्रने, गुणस्तरीय कार्य नभए मिलेमतोमा कार्य गरेको भन्ने आरोप लाग्ने, कार्य सम्पन्नको सिफारिस दिनुपर्ने, सिफारिस दिँदा आफूलाई जानकारी नभएको विषयमा कसरी दिने ? दिऊ त अख्तियारमा जानुपर्ने अनुभवहरू वडाअध्यक्षहरुले सुनाएका थिए ।
छलफलमा सघन सहरी तथा भवन निर्माण कार्यालय, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, जनताको तटबन्ध लगायतका कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले आगामी आर्थिक वर्षमा नगरभित्र सञ्चालित कार्यक्रमको बारेमा जानकारी गराउँदै आउँदो दिनमा नगरसँग समन्वय गरी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले मन्तव्य राख्नेको कार्यक्रममा सहजीकरण प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले गरेको इन्जिनियर योगेन्द्र रन्जितकारले जानकारी दिए ।