२०८३ असार ४ गते , विहीबार

काठमाडौं प्रवेश गर्ने मुख्य नाका अवरुद्ध, नागढुङ्गा र धादिङमा लामो लाइन

sajilo news
काठमाडौं
२०८१ आश्विन १३ गते , आईतबार
काठमाडौं प्रवेश गर्ने मुख्य नाका अवरुद्ध, नागढुङ्गा र धादिङमा लामो लाइन

काठमाडौं आवातजावत गर्ने मुख्य नाका अवरुद्ध भएपछि उपत्यका बाहिरिने सवारीसाधनको नागढुङ्गामा लामो लाइन लागेको छ । अविरल वर्षासँगै गएको पहिरोले झ्याप्लेखोलामा पहिरो गएपछि उपत्यका छाड्ने सवारीसाधानहरु नागढुङ्गामा रोखिएका हुन् । 

विशेषगरि नेपाल भ्रमणमा आएका भारतीय पर्यटक चढेका गाडीहरु नागढुङ्गामा रोखिएका छन् । नागढुङ्गामा भेटिएका भारतीय पर्यटकहरुले सडक अवरुद्ध हुदा दुईदिनदेखि रोकिनुपरेको गुनासो गरे । उनीहरुले छिटै सडक खुल्ला हुने र गन्तव्यतर्फ जाने विश्वास व्यक्त गरे । सो खण्डका सडक अवरुद्ध भएपनि काठमाडौं भित्रने सवारीसाधनको पनि धादिङमा लामो लाइन छ । केहि यात्रुहरु भने पैदलै काठमाडौं प्रवेश गरेका छन् । 

सम्बन्धित समाचार