२०८३ असार ४ गते , विहीबार

सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८१ आश्विन १३ गते , आईतबार
सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

सिटीसफारी चार्ज गर्दा करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको छ । गएराति ८.३० बजे सुनसरीको बराहक्षेत्र नगरपलिका–४ बराहक्षेत्रमा आफ्नै घरमा सिटीसफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५५ बर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

उनका आफन्तले प्रहरीलाई खवर गरेपछि चकरघट्टी महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला अस्पताल इनरुवा लगी आज दिउँसो १ बजे चौधरीको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार