२०८३ असार ४ गते , विहीबार

झ्याप्ले खोला अपडेट: १० जनाको शव निकालियो, पहिरोमा माइक्रोबस पनि भेटियो

sajilo news
झापा
२०८१ आश्विन १३ गते , आईतबार
झ्याप्ले खोला अपडेट: १० जनाको शव निकालियो, पहिरोमा माइक्रोबस पनि भेटियो

धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोला पहिरोमा पुरिएको अर्को माइक्रोबस रहेको खुलेको छ। उक्त माइक्रोबस चितवनबाट काठमाडौं जाँदै गरेको हायस रहेको खुलेको हो। बा ३ ख  नम्बरको  हायसबाट १० जनाको शव निकालिएको छ। 

योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका  सूचना अधिकारी  प्रल्हाद सिलवालले बिहानदेखि अहिलेसम्म ८ पुरूष र २ महिलाको शव भेटिएको जानकारी दिए।   शनिबार १४ जनाको शव निकालिएको थियो । आज थप १३ जनाको शव निकालिएको इन्स्पेक्टर सिलवालले बताए ।

सम्बन्धित समाचार