२०८३ असार ४ गते , विहीबार
जमुना खाेलाले बगाएकी झापाकी नेहारिका मृत भेटिइन्
झापा । दुईदिन अघि झापाको जमुना खोलाले साइकलसहित बगाएकी बालिका मृत भेटिएकी छिन् । कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ वर्षीया नेहारिका राजवंशी आइतबार दिउँसो मृत भेटिएकी हुन । बालिककाे शव बेपत्ता भएको स्थानबाट करिब २ किलोमिटर दक्षिण चमारभिट्टा गाउँबाट ५०० मिटर पूर्व सोनामुनि खोलाको डिलमा धानबारिमा भेटिएको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । उनी चढेकाे लेडिज साइकल चाहिँ विहान फेला उनको भनाइ छ । भारतकाे विहारस्थित आफ्नो सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा पुगेपछि शुक्रबार दिउँसो करिब ३ बजे जमुना खाेलाले उनलाई साईकलसहित बगाएको थियो ।