२०८३ असार ४ गते , विहीबार

जमुना खोलाले बगाएको कचनकवलकी बालिका अझै भेटिएनन्, साइकल भेटियो

sajilo news
झापा
२०८१ आश्विन १३ गते , आईतबार
जमुना खोलाले बगाएको कचनकवलकी बालिका अझै भेटिएनन्, साइकल भेटियो

झापाको जमुना खोलाले साइकलसहित बगाएकी बालिका अझै नभेटिएको प्रहरीले जनाएको छ । उनी चढेको साइकल आइतबार बिहान भेटिएको छ । 

कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुना खोलाले बगाएको थियो । भारत सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा पुगेपछि शुक्रबार दिउँसो करिब ३ बजे बगाएको थियो ।

बालिका चढ्ने लेडिज साइकल भेटिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । तीन दिनदेखि उनको खोजी कार्यमा स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मीसहितको टोली खटिरहेको उनको भनाई छ । 

सम्बन्धित समाचार