२०८३ असार ४ गते , विहीबार

सम्पर्कविहीन बस झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्था भेटियो, तीन जनाको शव

sajilo news
झापा
२०८१ आश्विन १३ गते , आईतबार
सम्पर्कविहीन बस झ्याप्लेखोलामा पहिरोमा पुरिएको अवस्था भेटियो, तीन जनाको शव

धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप ३ जनाको शव फेला परेको छ। फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रुहरूको हुन सक्ने धादिङ प्रहरीले आशंका गरेको छ।  झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए। ती बसबाट १४ जनाको शव निकालिएको थियो। 

सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा र नेपाली सेना, नेपाल प्रहरीको एसपी सहितको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहलाद सिलवालले बताए।

सम्बन्धित समाचार