२०८३ असार ४ गते , विहीबार

बिर्तामोडमा रेबिजविरुद्धको खोप कार्यक्रम सुरु

sajilo news
झापा
२०८१ आश्विन १२ गते , शनिबार
बिर्तामोडमा रेबिजविरुद्धको खोप कार्यक्रम सुरु

बिर्तामोडमा रेबिजविरुद्धको खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेबिज दिवस २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईँले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिइन । उनले  रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, बिरालोलाई खोप लगाउन आग्रहसमेत गरिन् ।

भोलि वडा नम्बर १ का विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरी रेबिजविरुद्धको खोप लगाइने छ । सबै वडा कार्यालयको समन्वयमा आवश्यकता अनुसार खोप केन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरिने पशुपन्छी मत्स्य विकाश शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिए ।

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सङ्गीता सिवाको अध्यक्षतामा आयोजित खोप सप्ताह उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, वडा नम्बर ८ का वडा सदस्य अग्निप्रसाद सिटौला, शाखा प्रमुख डा. नगेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो । बिर्तामोड नगरपालिकाले विगत ६ वर्ष देखि रेबिज विरुद्धको खोप सप्ताह कार्यक्रम मनाउँदै आएको छ । खोप निःशुल्क हुनेछ ।

सम्बन्धित समाचार