२०८३ असार ४ गते , विहीबार

कनकाई नदीको बाढी पस्यो बस्तीमा, एक दर्जन बस्ती डुबानमा

sajilo news
झापा
२०८१ आश्विन १२ गते , शनिबार
कनकाई नदीको बाढी पस्यो बस्तीमा, एक दर्जन बस्ती डुबानमा

अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढीले झापा र गौरीगञ्ज गाउँपालिकाका करिब एक दर्जन बस्ती डुबानमा परेका छन् ।गौरीगञ्जतर्फ जनताको तटबन्धअन्तर्गतको कनकाई बाँध फुटेको छ ।

गौरीगंज गाउँपालिका वडा नं. १ स्थित ईश्वर बस्ती उत्तर पूर्व कनकाई नदीको बाँध भत्किएको हो । साँझ ६ः३० बजे बेलुका हुलाकी सडकको उत्तरपट्टि कनकाईको बाँध भत्किएपछि नदीको पानी बस्तीमा पसेको छ भने बस्तीका मानिसहरू धमाधम घरका सरसामान र वस्तुभाउ नजिकैको सुरक्षित स्थानमा सारिरहेको वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिएका छन् ।

बाँध फुटेसँगै वडा नं १ को ईश्वर बस्ती, टप्पु बस्ती, धनगडा र भीम सुब्बाको बस्ती डुबाउने खतरा बढेको छ । त्यसैगरी पानीको बहाबले हुलाकी सडक भत्काए होकलवाडी र चौरी समेत खतरामा पर्ने प्रबल सम्भावना रहेको स्थानीय केशवप्रसाद भट्टराईले बताए । कनकाईको बाँध फुटेपछि नेपाली सेना , सशस्त्र प्रहरी , र जनपद प्रहरीलाई स्टेन्डबाई राखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए । चारआलीस्थित अरिदमन गणको सेनाको टोली घटनास्थलमा पुगिसकेको जनाइएको छ ।

यता कनकाईको बाढीले झापा गाउँपालिका वडा नं १ र २ का आधा दर्जन बढी बस्ती डुबानमा परेका छन् । कुवाडी , सुगाबथान , सडकवारि , सितुमारी , सिमलवारी , मिलन बस्ती , लसुनगंज , सालमारालगायतका बस्ती डुबानमा परेका हुन् । डुबानमा परेपछि ती बस्तीका बासिन्दाहरूलाई धमाधम सार्ने कार्य भइरहेको छ ।

सित मारीको मनोज मित्तल प्राथमिक विद्यालयमा २० परिवारलाई स्थानान्तरण गरिएको छ । त्यस्तै सुगाबथानका ६६ घरपरिवारलाई पनि सार्ने तयारी भइरहेको छ । झापा गा

सम्बन्धित समाचार