२०८३ असार ४ गते , विहीबार

झापाबाट ग्यास लिएर ताप्लेजुङ जाँदै गरेको ट्रक पहिरोले पुरियो

sajilo news
झापा
२०८१ आश्विन १२ गते , शनिबार
झापाबाट ग्यास लिएर ताप्लेजुङ जाँदै गरेको ट्रक पहिरोले पुरियो

झापाबाट ग्यास लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ट्रक मेची राजमार्गमा पहिरोले पुरिएको छ । आज बिहान १०ः३० बजे अविरल बर्षा कारण ताप्लेजुङ फुङलिङ ८ स्थित मेची राजमार्गमा बैशाखे खोल्सामा आएको लेदो सहितको पहिरोले झापाबाट ग्यास लिएर ताप्लेजुङतर्फ जाँदै गरेको प्र। १–०१–००१ ख ३६१७ नम्बरको मिनि ट्रकलाई पुरेको हो ।

ट्रक चालक भने सकुशल रहेका छन् । सडक डिभिजनका कार्यालयबाट जेसीबी ल्याई प्रहरी र स्थानीयको सहयोगमा ट्रकलाई सुरक्षित स्थानमा निकालिएको छ । अबरुद्घ भएको सडक बिहान ११ः २५ बजे पूर्ण रुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार