२०८३ असार ४ गते , विहीबार

बाढीले हेंवा खोलाको बेली ब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

sajilo news
झापा
२०८१ आश्विन १२ गते , शनिबार
बाढीले हेंवा खोलाको बेली ब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

मेची राजमार्गअन्तर्गत  फिदिम-४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेली ब्रिज बाढीले बगाएको छ। बाढीले हिलिहाङ तर्फको पिल्लर बगाएको बगाएको स्थानीयले जनाएका छन्।

गत वर्ष असारमा आएको बाढीले हेवाखोलाको पक्की पुल बगाए पछि सोही स्थानमा अस्थायी ब्रिज बनाइएको थियो। ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फको यातायात पूर्णरूपमा बन्द भएको छ। 

यस्तै फिदिम फालोट सडकमा पर्ने फेमे खोलाको पुल पनि बाढीले बगाएको छ। पाँचथरमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएको छ। विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

सम्बन्धित समाचार