२०८३ असार ४ गते , विहीबार

सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

sajilo news
झापा
२०८१ आश्विन १२ गते , शनिबार
सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेसँगै ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । ब्यारेज प्रहरी चौकी कार्यालयका अनुसार पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए । पानीको बहावले अत्यधिक खतरा पार गरिसकेकोले सबै ढोका खोलिएको जनाइएको छ । अहिले पुलमा रातो बत्ती बालिएको छ । 

अहिले ४ लाख १९ हजार क्युसेक  पानी बगिरहेको बताइएको छ । कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।

सम्बन्धित समाचार