२०८३ असार ४ गते , विहीबार

बाह्रदशीको कुखुरा फर्ममा बाढी पस्यो, १२०० कुखुरा मरे

sajilo news
झापा
२०८१ आश्विन ११ गते , शुक्रबार
बाह्रदशीको कुखुरा फर्ममा बाढी पस्यो, १२०० कुखुरा मरे

झापाको बाह्रदशीमा एउटा कुखुरा फर्ममा क्षति पुगेको छ । बाढीका कारण बाह्रदशी बहुउद्देश्यीय कृषि फर्ममा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

बाह्रदशी गाउँपालिका-७ स्थित उक्त फर्म स्थानीय ज्ञानबहादुर कार्कीले सञ्चालन गर्दै आएका छन् । फर्ममा सुरुङ्गा खोलाको बाढी पसेको हो ।  कुखुरा खोरभित्र पुरै पानी पसेको र त्यसबाट कार्कीलाई आठ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । कार्कीको फर्ममा १६०० कुखुरा थिए । तीमध्ये १२०० कुखुरा मरिसकेका छन् 

सम्बन्धित समाचार