२०८३ असार ४ गते , विहीबार
बिरिङ नदीको पुल भत्कियो, आवागमन ठप्प
झापामा बिरिङ नदीको पुल भत्किएको छ । अर्जुनधारा– खुदुनावारी जोड्ने बिरिङ पुल पूर्णरुपमा क्षति पुगेपछि आवागमन बन्द गरिएको छ । यसअघि आंशिक क्षति पुगेको सो पुलमा केही दिनदेखिको अविरल वर्षाले पुरै क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिरिङ पुलमा क्षति पुगेपछि अर्जुनधारा– ७ को फूलमति टोल, मिलडाँडाको बाटो हुँदै यातायातका साधनहरू सञ्चालन भइरहेको डीएसपी प्रकाश विष्टले बताए ।