२०८३ असार ४ गते , विहीबार

कचनकवलको अमुलफुटा खोलाले मोटरसाइकल बगायो

sajilo news
झापा
२०८१ आश्विन ११ गते , शुक्रबार
कचनकवलको अमुलफुटा खोलाले मोटरसाइकल बगायो

अविरल वर्षाका कारण आएको बाढीले झापाको कचनकवलमा एउटा मोटरसाइकल बगाएको छ । आज दिउँसो अन्दाजी १२ः२० बजेको समयमा कचनकवल गाउँपालिका-२ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र.१–०२–०५प ६९७८ नं.को मोटरसाइकल खोलाले बगाएको हो । मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय रबिन भट्टराई भने सकुशल रहेका छन् ।

प्रहरी चौकी पथरियामा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर मोटरसाइकल खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार