२०८३ बैशाख २४ गते , विहीबार

१६ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

sajilo news
मोरङ
२०८१ आश्विन १० गते , विहीबार
१६ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा हजुरबुवा पक्राउ

उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ । एक स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए । प्रहरीले ७० वर्षका हजुरबुवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

बलात्कारको प्रयास भएपछि छात्राले विद्यालयका आफ्ना शिक्षकलाई घटनाबारेमा जानकारी गराएकी थिइन् । तिनै शिक्षकको ठाडो उजुरीमा हजुरबुवालाई हिजो साँझ घरैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार