२०८३ असार ४ गते , विहीबार

बडादशैंका लागि दिव्यदृष्टिको जमरा बिउ बजारमा

sajilo news
झापा
२०८१ आश्विन १० गते , विहीबार
बडादशैंका लागि दिव्यदृष्टिको जमरा बिउ बजारमा

दमक । स्वदेशी पूजा सामाग्री उत्पादन गर्दै आएको झापाको कमल गाउँपालिका-६ मा रहेको दिव्य दृष्टि भनेरेशन एन्ड एग्रो कन्सर्न प्रा.ली. अर्थात् पूजा सामाग्री उद्योगले दशैका लागि जमरा राख्न तयारी जमराको बिउको प्याकेट बजारमा ल्याएको छ ।

दिव्य दृष्टिको ब्रान्डमा मकै, गहुँ र जौ मिश्रित जमरा बिउ बजारमा ल्याएको हो । पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लाका पूजा पसलहरूमा दशैको घटस्थापनाको दिन राख्न दिव्य दृष्टि ब्रान्डको जमरा बिउ ल्याइएको पूजा सामाग्री उद्योगका सञ्चालक विष्णुप्रसाद पोखरेलले बताएका छन् । शहर बजार तथा गाउँघरमा समेत मकै, गहुँ र जौ खोज्दै हिँड्नु पर्ने अवस्था नआओस् भनेर गत वर्षदेखि नै जमरा बीउ र शतबिज समेत निकाल्दै आइएको छ ।

दिव्य दृष्टि पूजा उद्योगले दिव्य दृष्टिको ब्रान्डमा जडीबुटीको हवन सामाग्री, नवग्रह समिधा, गौ अर्क, सप्तधान्य, बाटेको धूप, दिव्य समिधा, जौको पिठो, बाटेको धूपमा प्रयोग हुने धूप मसला, गंगाजल, सप्तमृत्तिका, पञ्चरत्न, सर्वौषधि लगायतका एक दर्जनभन्दा बढी पूजा सामाग्रीहरू प्रशोधन र उत्पादन गर्दै आएको उद्योगकी सञ्चालिका बविता तिम्सिनाले बताइन ।

सम्बन्धित समाचार