२०८३ असार ४ गते , विहीबार

सात दिनदेखि हराइरहेकी झापाकी विजिता धानबारीमा मृत भेटिइन्

sajilo news
झापा
२०८१ आश्विन ९ गते , बुधबार
सात दिनदेखि हराइरहेकी झापाकी विजिता धानबारीमा मृत भेटिइन्

कनकाई । सात दिनदेखि हराइरहेकी झापा कनकाई नगरपालिका- २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् । सुरुङ्गा- ३ स्थित ह्याप्पी ल्यान्ड छेउको धानबारीमा उनको शव आज दिउसो १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि भद्रपुर अस्पताल पठाइएको छ । के कारणले माइलीको मृत्यु भयो भन्ने बारे खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । माइली असोज ३ गते देखि हराएकी थिइन । २१ वर्षीय माइली मानसिक र शारीरिक रुपमा कमजोर रहेकी थिइन । 

सम्बन्धित समाचार