२०८३ असार ४ गते , विहीबार
विराटनगरको सफारी सोरुममा आगलागी, डेढ करोड बराबरको क्षति
विराटनगरको एक इलेक्ट्रिक साइकल र सफारी सोरुममा भएको आगलागीबाट १ करोड ५० लाख बराबरको क्षति भएको छ । विराटनगर महानगरपालिका–२ स्थित मुनालपथमा रहेको भव्य इन्टरनेशनलमा भएको आगलागीबाट सम्पूर्ण सामानहरू जलेर नष्ट हुँदा नगदसहित अन्दाजी १ करोड ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
क्षति भएका सामानहरूमा इलेकट्रोनिक साइकल ४० वटा, इन्भर्टर ६० वटा, ब्याट्री २०० वटा, फर्निचरका सामानहरू , पार्ट्सहरू, सिसी क्यामेरा, ल्यापटप दुई वटा,एसी एउटा र प्रिन्टर एउटा रहेका छन् । उक्त आगलागी नेपाली सेना , नेपाल प्रहरी ,सशस्त्र प्रहरी , महानगरपालिकाको तीन वटा दमकल, दुहबी नगरपालिकाको एउटा दमकल र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो ।