२०८३ बैशाख २४ गते , विहीबार
झापा गाउँपालिकाका शेख २८ ग्राम ब्राउन सुगरसहित पक्राउ
झापा गाउँपालिकाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-६ शरणामति निवासी ४२ वर्षीय तेहेरुदिन शेख रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।
मंगलबार साँझ साढे ५ बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शेखलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा हाफ पाइन्टको दाहिने साइडको गोजीमा लुकाइछिपाई राखिएको प्लास्टिक बाहेक २८ ग्राम ३५० मिलिग्राम फेला पारेको थियो । पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।