२०८३ असार ४ गते , विहीबार

मोटरसाइकलको ठक्करबाट घाइते बिर्तामोडका श्रेष्ठ उपचारको क्रममा मृत्यु

sajilo news
झापा
२०८१ आश्विन ८ गते , मंगलबार
मोटरसाइकलको ठक्करबाट घाइते बिर्तामोडका श्रेष्ठ उपचारको क्रममा मृत्यु

डेढ महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते भएका बिर्तामोड नगरपालिका- २ बेलडाँगी निवासी कमल श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।

गत साउन २३ गते बिर्तामोडबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ७०१४ नं को मोटरसाइकलले साइकलमा रहेका ६५ वर्षीय श्रेष्ठलाई ठक्कर दिएको थियो ।

घाइतेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेकोमा आज बिहान ६.४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको मृत्यु भएपछि बाह्रदशी-२ घर भएका चालकको खोजी भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार