२०८३ असार ४ गते , विहीबार

बिर्तामोडमा गुडिरहेको गाडीमा आगजनीको प्रयास

sajilo news
झापा
२०८१ आश्विन ७ गते , सोमबार
बिर्तामोडमा गुडिरहेको गाडीमा आगजनीको प्रयास

बिर्तामोड ।  बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका समर्थकहरुले पूर्वपश्चिम राजमार्गमा गुडिरहेको गाडीमा आगजनीको प्रयास गरेका छन् ।

आज साेमबार राति ८ बजे बिर्तामोड – २, चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको बिरोधमा करिब ८/१० जना समर्थकहरुले राजमार्गमा गुडिरहेको सवारी साधनहरुलाई लक्षित गरी पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए ।

तत्काल इलाका प्रहरी कार्यालय बिर्तामोडबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ उनीहरु फरार भएका छन् । आगोले कुनै पनि सवारीसाधनमा क्षति हुन नपाएको प्रहरीले जनाएको छ

सम्बन्धित समाचार