२०८३ असार ४ गते , विहीबार

ओमानमा सवारी दुर्घटना परी झापाकी समिता र रुपन्देहीको नरबहादुरको मृत्यु

sajilo news
झापा
२०८१ आश्विन ६ गते , आईतबार
ओमानमा सवारी दुर्घटना परी झापाकी समिता र रुपन्देहीको नरबहादुरको मृत्यु

ओमानमा कार्यरत झापाकी एकजना महिलाको सवारी दुर्घटनामा मृत्यु भएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासि अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको दूतावासले जनाएको छ ।

समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् । कानुनी प्रक्रिया पूरा गरी समिताको शव नेपाल पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको छ ।

सम्बन्धित समाचार